१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

संघसँग अधिकार माग्दै सातै प्रदेशका यातायात मन्त्रीहरु पोखरामा



पोखरा । गण्डकी सरकारको आयोजनामा सातै प्रदेशका यातायात मन्त्रीहरु पोखरामा भेला भएका छन् ।

संघ सरकारसँग अधिकार खोजी गर्दै उनीहरु साझा धारणा बनाउन बैठक बसेका हुन् । भौतिक पूर्वाधार र यातायात प्रणालीको सुधार गर्न मन्त्रीहरुले पोखराबाट साझा घोषणापत्र जारी गर्नेछन् । कार्यक्रममा मधेश प्रदेशबाहेकका ६ मन्त्रीहरु र सातै प्रदेशका भौतिक सचिव उपस्थित छन् ।

भेलामा प्रदेश यातायातका समस्या र भौतिक पुर्वाधारको गुणस्तरीयता बारे छलफल हुनेछ । सवारी चालक अनुमति पत्रको सफ्टवेयर हस्तान्तरण नभएको, सडकका लागि जग्गा प्राप्ति नभएको, दरबन्दी अनुसार कर्मचारी नपठाएको लगायत समस्याले संघीयतापछि प्रभावकारी सेवा दिन नसकिएको मन्त्रीहरुको गुनासो छ ।

संविधान प्रदत्त अधिकार समेत संघले विकेन्द्रित गर्न नचाहेपछि प्रदेश संरचनाप्रति नागरिकहरुको गुनासो बढेको गण्डकीका भौतिक मन्त्री कुमार खड्काले बताए । ‘संघले अधिकार दिएन भनेर कतिदिन गुनासो मात्रै गर्ने ? प्रदेश सरकार सक्षम छैनन् भनेर कहिलेसम्म संघले मुठी कसिराख्ने ?,’ उनले भने, ‘अब तीनै सरकारबीच समन्वय हुन सकेन भने संघीयतालाई प्रश्न गर्नेहरुमाथी जवाफ दिन सकिँदैन । साझाव आवाज लिएर संघसँग एक पटक आग्रह गर्नुपर्ने छ ।’

अधिकार प्रत्यायोजन नहुँदा राजश्व संकलनदेखि सेवा प्रवाहसम्ममा असर परेको उनले बताए । सहभागी मन्त्रीहरुले बिचौलियाका नागरिकहरू ठगीमा परेको, राजस्व चुहावट रोक्न नसकिएको, संघसँग समन्वय अभाव हुँदा लाईसेन्स वितरणदेखि अन्य कामहरु अलपत्र परेको लगायत समस्या अघि सारेका छन् ।

गण्डकीकै आयोजनामा यसअघि मुख्यमन्त्रीहरुको भेला भएको थियो भने त्यसपछि सभामुख र आन्तरिक मामिला मन्त्रीहरुको बैठक बसेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ११ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित