७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : बिजुक्छेँ



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाएका छन् । उनले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताए ।

भक्तपुर नगरपालिका-१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उनले शासक दलका नेतामा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको दावी गरे । अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताए ।

अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताए । उनले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताए ।

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनःनिर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिए । पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताए ।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई