११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

विश्वकप लिग-२ : पपुवा न्युगिनीले टस जित्यो, नेपाल पहिले बलिङ गर्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस हारेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ । यही खेलबाट नेपाली क्रिकेटर सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् ।

नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ ।

लिग(२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ०४ बजे

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी