३० भदौ २०८३, मंगलबार | September 15, 2026

कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन दिईन्न : मुख्यमन्त्री पोखरेल



स्याङ्जा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल पुगेर कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने दाबी गरेको २ दिन पछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् ।

स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा आयोजना गरिएको धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि डाइभर्सन कुनै हालतमा हुन नदिने बताए । उनले कालीगण्डकी नदी अन्य नदीजस्तो नभएको उल्लेख गर्दै कालीगण्डकीको छुट्टै महत्व र विशेषता रहेको बताए ‘कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ उनले भने ।

गण्डकी प्रदेशको उन्नति र विकासको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै मुख्यमन्त्री पोखरेलले धार्मिक र सांस्कृतिक आस्थाको रुपमा रहेको यस नदीको सभ्यतासँगै बृहत्तर योजनाका बारेमा अध्ययन गर्नका लागि कार्यदल बनेको जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनका आधारमा आगामी वर्षदेखि थप योजना बनाउने मुख्यमन्त्री पोखरेलले आश्वासन दिए ।

उनले गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि बृहत्तर रुपमा नीति तथा योजना ल्याउने जानकारी समेत दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : १९ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको