२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन दिईन्न : मुख्यमन्त्री पोखरेल



स्याङ्जा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल पुगेर कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने दाबी गरेको २ दिन पछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् ।

स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा आयोजना गरिएको धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि डाइभर्सन कुनै हालतमा हुन नदिने बताए । उनले कालीगण्डकी नदी अन्य नदीजस्तो नभएको उल्लेख गर्दै कालीगण्डकीको छुट्टै महत्व र विशेषता रहेको बताए ‘कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ उनले भने ।

गण्डकी प्रदेशको उन्नति र विकासको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै मुख्यमन्त्री पोखरेलले धार्मिक र सांस्कृतिक आस्थाको रुपमा रहेको यस नदीको सभ्यतासँगै बृहत्तर योजनाका बारेमा अध्ययन गर्नका लागि कार्यदल बनेको जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनका आधारमा आगामी वर्षदेखि थप योजना बनाउने मुख्यमन्त्री पोखरेलले आश्वासन दिए ।

उनले गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि बृहत्तर रुपमा नीति तथा योजना ल्याउने जानकारी समेत दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय