७ आश्विन २०८३, बुधबार | September 23, 2026

नरैनापुरमा विषेशज्ञ सुविधासहितको निशुल्क स्वास्थ्य शिविर, ९७८ ले सेवा लिए



नेपालगञ्ज । बाँकेको नरैनापुर गाउपालिकामा आयोजना गरिएको विषेशज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविरबाट ९ सय ७८ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको समन्वय र नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको सहकार्यमा सो शिविरको आयोजना गरिएको हो ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा पहिलो दिन ६ सय ७८ जना र दोस्रो दिन ३ सय जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधि समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार पहिलो दिन जटिल किसिमका रोग भएका १ सय ८४ जना र दोस्रो दिन पनि सोही संख्यामा आएका विरामीको भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षण गरिएको थियो ।

प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित आयोजना गरिएको सो निशुल्क स्वास्थ्य शिविर दुर्गम मानिने गाउँमै आएर सञ्चालन गरिएकोमा नरैनापुर–५ का पेशकार सिंहले बताए । उनले भने, ‘सानो सानो सेवा लिन नेपालगञ्ज कि भारत जानु पर्ने बाध्यता रहने नरैनापुरमा घर दैलौमै विशेषज्ञ सेवा पाउदा हामी दंग छौ ।’

सो शिविरमा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ वरिष्ठ चिकित्सकहरु हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी विशेषज्ञ डा. दिवस थापा, छाला तथा यौनरोग विशेषज्ञ डा. सविन कँडेल, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा, नाक कान घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसी, रेडियोलोजीस्ट डा. त्रिदेव चौरसियाले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११