१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नरैनापुरमा विषेशज्ञ सुविधासहितको निशुल्क स्वास्थ्य शिविर, ९७८ ले सेवा लिए



नेपालगञ्ज । बाँकेको नरैनापुर गाउपालिकामा आयोजना गरिएको विषेशज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविरबाट ९ सय ७८ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको समन्वय र नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको सहकार्यमा सो शिविरको आयोजना गरिएको हो ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा पहिलो दिन ६ सय ७८ जना र दोस्रो दिन ३ सय जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधि समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार पहिलो दिन जटिल किसिमका रोग भएका १ सय ८४ जना र दोस्रो दिन पनि सोही संख्यामा आएका विरामीको भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षण गरिएको थियो ।

प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित आयोजना गरिएको सो निशुल्क स्वास्थ्य शिविर दुर्गम मानिने गाउँमै आएर सञ्चालन गरिएकोमा नरैनापुर–५ का पेशकार सिंहले बताए । उनले भने, ‘सानो सानो सेवा लिन नेपालगञ्ज कि भारत जानु पर्ने बाध्यता रहने नरैनापुरमा घर दैलौमै विशेषज्ञ सेवा पाउदा हामी दंग छौ ।’

सो शिविरमा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ वरिष्ठ चिकित्सकहरु हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी विशेषज्ञ डा. दिवस थापा, छाला तथा यौनरोग विशेषज्ञ डा. सविन कँडेल, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा, नाक कान घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसी, रेडियोलोजीस्ट डा. त्रिदेव चौरसियाले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : ०८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग