४ पुस २०८२, शुक्रबार | December 20, 2025

यौनिक तथा लैंगिक समुदायद्वारा राज्यसंग समान अधिकारको माग



बुटवल । संविधानले दिएको लैंगिक पहिचानसहितको नागरिकता दिने प्रावधानले मात्र आफुहरुको पुर्ण अधिकार स्थापित हुन नसकेको यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरुले बताएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले बिहीबार बुटवलमा गरेको समस्या, चुनौति र समाधान सम्वन्धि अन्तकिृया कार्यक्रममा सहभागि भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भुुमिका श्रेष्ठले राज्यले सबै नागरिक समान भनेर सम्वोधन गरेतापनि कार्यान्वयननै हुन नसकेकोप्रति गुनासो गरिन । कार्यक्रममा लुम्विनी प्रदेश शिक्षा मन्त्रालयका उपसचिव यमबहादुर केसी, आन्तरिक मामिला मन्त्रालयका उपसचिव दामोदर भण्डारी लगायतले सरकारले देखाएको कार्यदिशा अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि मन्त्रालयले काम गर्ने बताए ।

एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका मानवअधिकार परियोजना संयोजक रेशम न्यौपानेको संचालनमा भएको कार्यक्रमा साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक राना, एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका कार्यक्रम संयोजक मनिला न्यौपाने, नवजीवन कपिलवस्तुका अध्यक्ष मुस्कान क्षेत्री, तेस्रोलिङ्गी पुस्पा लामा, परि क्षेत्री, समलिङ्गी टिकाराम भुषाल लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि सबै तह र तप्काबाट सहयोग रहनु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ५ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको