१८ भदौ २०८३, बिहिबार | September 3, 2026

माओवादी कांग्रेससँग सहकार्य गर्न जाने होइन, कांग्रेस माओवादीसँग सहकार्य गर्न आउनु पर्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीलाई योजनाबद्धरुपमा बदनाम गर्न खोजिएको बताएका छन् । बिहीबार बुटवलमा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई देशी विदेशी तत्व सहित मिडिया पनि लागेर बदनाम गर्न खोजिएको आरोप लगाए ।

पार्टीलाई बदनाम गराउने र आफुलाई भौतिकरुपमा आक्रमण गर्ने प्रयास अहिले पनि जारी रहेको बताउँदै प्रचण्डले सिरहामा आफुमाथि मार्ने नियतका साथ भौतिक आक्रमण भएको खुलासा गरे । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए ।

उनले जनयुद्धको स्मरण गर्दै कार्यकर्तालाई युद्धमा जस्तै अहिले पनि घेरा तोडेर अगाडि बढ्न निर्देशन दिए । ‘अहिले हामी एक्ला–एक्लै भयौं,’ प्रचण्डले भने, ‘म एक्लै, तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिलेकै रणनीति घेरा तोड्ने र अगाडि बढ्नेतिर हुनुपर्छ ।’

उनले माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरिएको उल्लेख गर्दै माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘भएको कुरामा पनि आक्रमण गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’

माओवादी कांग्रेससँग सहकार्य गर्न जाने होइन, कांग्रेस माओवादीसँग सहकार्य गर्न आउनुपर्ने गरि सक्रिय हुन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । ‘हामी गठबन्धनभन्दा आफ्नै खुट्टामा उभिनुपर्छ । आफैंमा निर्भर भयौं भने मात्रै हामी जित्छौं ।’

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १० : ०४ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका