६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापा रहेका छन् ।

घाइते उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट थापा खसेका थिए ।

दुर्घटना पश्चात मोटरसाईकल सहित चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : १० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको