७ आश्विन २०८३, बुधबार | September 23, 2026

महिलाको नाममा जग्गा दर्ता गर्ने बढे



रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ ।

महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ ।

मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउदै आएका छन् ।

गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतीका नाममा जग्गा रजिस्टेशन पारित गराउन श्रीमान नै कार्यालयमा उपस्थित हुने गरेका छन् ।

यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टिबन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजिनामा, दर्ताफारी, दान बकसपत्र, अंशबण्डा, अंश भर्पाईसमेत रहेका छन् ।

पारित लिखतबाट निर्धारित दररेटबमोजिम ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११