२२ मंसिर २०८२, सोमबार | December 9, 2025

रहेनन् नेपालगन्जका व्यवसायी नेता दामोदर आचार्य



नेपालगन्ज । नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

नेपालगन्ज् उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनिती गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका आचार्य खरो स्वभाव र आदर्शवादी व्यक्तिकारुपमा स्थापित नेता हुन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्दीय सदस्य भइसकेका आचार्य हाल नेकपा माओवादी केन्द्रको लुमिबनी प्रदेश कमिटीका सदस्य थिए ।

उनको भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

प्युठानको खैरामा जन्मेका आचार्य लामो समय सरकारी जागिरे रहेपनि कर्मचारीकै हैसियतमा राजनितीमा पनि सक्रिय थिए । बहुदल आए लगत्तै भएका कर्मचारी आन्दोलनबाट जागिर गएपछि उनले नेपालगन्जमा व्यवसाय संगै भुमिगत राजनिती गर्दै आएका थिए । आचार्यका श्रीमती सहति १ छोरा र ३ छोरी छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : १४ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट