४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

संघीयताबाट प्राप्त उपलब्धिको रक्ष गर्नुपर्नेमा सरोकारवालाको जोड



बुटवल । संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै यसको सही कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मुलुक संघीय प्रणालीमा गइसकेपछि यसको पक्ष र विपक्षमा बहस हुने गरेको भन्दै उनीहरूले राजनीति सही दिशामा अघि नबढ्दा संघीयताबारे नकारात्मक टिप्पणीहरू हुने गरेको उल्लेख गरेका छन् ।

आर्थिक अनुसन्धान केन्द्रको आयोजना र समृद्धि सरोकार केन्द्रको सहआयोजनामा शनिबार बुटवलमा भएको ुसंघीयताः प्राप्त उपलब्धि र चुनौतीु विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संघीयता मुलुकको लागि आवश्यक हुँदाहुँदै पनि यसको कार्यान्वयन ठिक ढंगले हुन नसकेको बताए । मुलुक संघीयतामा गएको पाँच वर्ष पूरा भएको र यो अवधिमा नियम कानुन बनाउनमै समय बितेको भन्दै उनले अव भने यसको ठोस कार्यान्वयन गर्नुपर्ने धारणा राखे । ‘विभिन्न क्षेत्रमा महिला सहभागिता, लक्षित वर्गको लागि छुट्टिने बजेट जस्ता विषय संघीयताका उपलब्धि हुन्, राजनीतिक दल ठिक हुने हो भने संघीयता ठिक दिशामा अघि बढ्छ,’ उनले भने ।

उनले अहिलेको आर्थिक अवस्था ६ महिना सम्म कायम रहेमा औषधि समेत किन्न नसक्ने अवस्थामा नेपाल पुग्ने बताउँदै संघीयताकै कारणले गाउँ गाउँमा वाणिज्य बैंकको शाखा विस्तार भएको बताए ।

संविधानसभाका सदस्य नेत्र पन्थीले जनआन्दोलन, सशस्त्र युद्ध र मधेस आन्दोलनको जगमा संघीयता आएकोले यसको विकल्प खोज्न नहुने र खोजिएमा देश विखण्डनमा पुग्ने भएकोले यसका नराम्रा कुराको न्यूनीकरण गर्दै जानुपर्ने बताए ।

पत्रकार बालकृष्ण चापागाईंले मोफसल बाहिरबाट संघीयताको समीक्षा सुरुवात भएकोले यसलाई देशव्यापी बनाउन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने समय आएको बताए ।

कार्यक्रममा एमालेका किसन ज्ञवाली, नेपाली कांग्रेसका प्रेम पौडेल, नेकपा माओवादी केन्द्रकी मञ्जु भुसाललगायतले पनि संघीयताका बारेमा आ–आफ्नो धारणा राखेका थिए । संघीयताबारे विभिन्न कोणबाट बहस भइरहेकाले यसको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूको ध्यानाकर्षण गर्न कार्यक्रम गरिएको आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए । कार्यक्रमको समीक्षा लेखक कृषि आजादले गरेका थिए भने अन्तर्क्रियामा गणेश घिमिरे, जीवन परियारलगायतले पनि बोलेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ५१ बजे

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ

गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकीका दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना