४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघीयताबाट प्राप्त उपलब्धिको रक्ष गर्नुपर्नेमा सरोकारवालाको जोड



बुटवल । संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै यसको सही कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मुलुक संघीय प्रणालीमा गइसकेपछि यसको पक्ष र विपक्षमा बहस हुने गरेको भन्दै उनीहरूले राजनीति सही दिशामा अघि नबढ्दा संघीयताबारे नकारात्मक टिप्पणीहरू हुने गरेको उल्लेख गरेका छन् ।

आर्थिक अनुसन्धान केन्द्रको आयोजना र समृद्धि सरोकार केन्द्रको सहआयोजनामा शनिबार बुटवलमा भएको ुसंघीयताः प्राप्त उपलब्धि र चुनौतीु विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संघीयता मुलुकको लागि आवश्यक हुँदाहुँदै पनि यसको कार्यान्वयन ठिक ढंगले हुन नसकेको बताए । मुलुक संघीयतामा गएको पाँच वर्ष पूरा भएको र यो अवधिमा नियम कानुन बनाउनमै समय बितेको भन्दै उनले अव भने यसको ठोस कार्यान्वयन गर्नुपर्ने धारणा राखे । ‘विभिन्न क्षेत्रमा महिला सहभागिता, लक्षित वर्गको लागि छुट्टिने बजेट जस्ता विषय संघीयताका उपलब्धि हुन्, राजनीतिक दल ठिक हुने हो भने संघीयता ठिक दिशामा अघि बढ्छ,’ उनले भने ।

उनले अहिलेको आर्थिक अवस्था ६ महिना सम्म कायम रहेमा औषधि समेत किन्न नसक्ने अवस्थामा नेपाल पुग्ने बताउँदै संघीयताकै कारणले गाउँ गाउँमा वाणिज्य बैंकको शाखा विस्तार भएको बताए ।

संविधानसभाका सदस्य नेत्र पन्थीले जनआन्दोलन, सशस्त्र युद्ध र मधेस आन्दोलनको जगमा संघीयता आएकोले यसको विकल्प खोज्न नहुने र खोजिएमा देश विखण्डनमा पुग्ने भएकोले यसका नराम्रा कुराको न्यूनीकरण गर्दै जानुपर्ने बताए ।

पत्रकार बालकृष्ण चापागाईंले मोफसल बाहिरबाट संघीयताको समीक्षा सुरुवात भएकोले यसलाई देशव्यापी बनाउन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने समय आएको बताए ।

कार्यक्रममा एमालेका किसन ज्ञवाली, नेपाली कांग्रेसका प्रेम पौडेल, नेकपा माओवादी केन्द्रकी मञ्जु भुसाललगायतले पनि संघीयताका बारेमा आ–आफ्नो धारणा राखेका थिए । संघीयताबारे विभिन्न कोणबाट बहस भइरहेकाले यसको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूको ध्यानाकर्षण गर्न कार्यक्रम गरिएको आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए । कार्यक्रमको समीक्षा लेखक कृषि आजादले गरेका थिए भने अन्तर्क्रियामा गणेश घिमिरे, जीवन परियारलगायतले पनि बोलेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको