१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

नेवाः समुदाय पार्टीलाई चन्दा दिने र उनीहरुको झण्डा बोक्ने समुदाय होईन : नरेश ताम्राकार



बुटवल । नेवाः दय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले नेवाः समुदाय पार्टीरुलाई चन्दा दिने र उनीहरुको झण्डा बोक्ने समुदाय नभएको बताएका छन् । नेवाः दय दबूको लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको शनिबार बुटवलमा उदघाटन गर्दै केन्द्रीय अध्यक्ष ताम्राकारले नेवाः समुदाय देशमा दलिय राजनितीमा अगाडि नआई नेवार जातिको हकहित र अधिकारको लडाइ पुरा नहुने बताए ।

उनले नेवार जातीमा भएको विविधिता नै एकतामा बाँध्ने सुत्र भएको दाबी गर्दै आफुहरुको संस्था कुनै राजनितिक दलको भातृ संगठन नभएको दाबी गरे । नेवार संस्कार, संस्कृति, परम्परा जर्गेना गर्दै दलिय नेतृत्वमा पुग्ने बाटोका रुपमा संस्थालाई स्वीकार्न सकिने उनको तर्क छ । केन्द्रिय नेतृत्वमा रहदासम्म दलिय राजनितिमा क्रियाशिल नरहने विधिगत ब्यवस्था गरिएको भन्दै संगठनलाई गैरराजनीतिक बनाउने अभियानको शुरुवात आफुले गरेको दाबी समेत गरे ।

उनले देशमा दलीय राजनीतिबाट आउने नेताले नै नेतृत्व गर्ने भएकाले पनि दलको राजनीतिमा पहुँच पुग्ने गरि नेवार समुदाय लाग्नुपर्ने बताए । आफनो पार्टीको बिचारलाई नेवा संगठनभित्र देखाउन नहुने ताम्राकरको सुझाव छ । ‘नेवारहरु चन्दा दिने र झण्डा बोक्नेमा सिमित हुन हुदैन, अब टिकट लिने गरि अगाडि बढ्नुपर्छ ।’– उनले भने ।

देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवारहरु आफ्नो भाषा, संस्कृति विस्रिएको अवस्थामा भेटिएको भन्दै उनले विस्थापित भएका नेवारहरुको अवस्था दयनिय भएको बताए । ‘तपाईको मेरो, हामी सबैको नेवा देय देबु’ नारासहित अभियान थालेको जनाउँदै उनले हामी नेवार हौ भन्ने भावना विकास गर्नसके यसबाट एकतामा बाँधिने दाबी गरे । भाषा, संस्कृति, कलाको संरक्षण पहिलो अभियान हो त्योसंगै सामाजिक हितमा अघि बढाउनुपर्ने उनको सुझाव छ । ‘नेवारहरुको गाथा पढ्ने र पढाएर बाच्न नसकिदैन ।’– उनले भने । नेपाली संस्कृति विश्वसामु चिनाउने नेवार समुदाय आफ्नो अधिकारबाट बन्चितिमा परेको भन्दै देशभरका नेवारहरुलाई संगठित गरि एउटा गौरवपुर्ण अभियान पुरा हुन लागेको बताए ।

राहत कोष स्थापना गरेर पिडामा समस्यामा परेका नेवारहरुको हितमा लगाउने गरि अघि बढ्ने तथा देशभरमा १३ लाख नेवारहरुबाट थोरैथोरै रकम संकलन गरि अक्षयकोष खडा गरि संस्कृति जर्गेनाका अभियानमा खर्च गर्ने तयारी रहेको उनले बताए ।

कार्यक्रममा खबरकुरा अनलाईनका प्रबन्ध सम्पादक शरण कर्माचार्यले नेवार बाहुल्यता भएका शहरहरुमा समेत नेवार अन्य जातिको शासनमा चेपिएर बस्नुपरेको भन्दै नेवार समुदायहरु धेरै कमीकमजोरीहरु सुधार गर्नु सुझाव दिए । आफ्नै जातिहरु अगाडि बढेको देख्न नसक्नु, राजनिति रुपमा समेत अन्यजातिबाट कजिने पात्र बन्नु, नेवार भाषा, सामाजिक संस्थामा नेतृत्व लिन नसक्नु, नेवाः अगुवाहरुको प्रयोग दलिय राजनीति गर्नेहरुले उठाउने जस्ता कमजोरी देखिएको उनले औंल्याए ।

परम्परागत रुपमा गुठीको आधारमा संस्थाको नेतृत्व लिने ब्यवस्था विधानमा गरिनु सबैभन्दा उपयुक्त हुने उनले सुझाव दिए । नेवारी संस्कार, संस्कृतिको जगेर्ना गर्ने संस्थामा दलिय राजनीति हाबि हुदा मुलमर्ममा अघि बढ्न नसकिएको बताए ।

कार्यक्रममा संस्कृतविद विजयगोबिन्द श्रेष्ठ, प्रदेश अध्यक्ष रोशनमान श्रेष्ठ, पुर्व महासचिव पवित्र बज्राचार्य, केन्द्रीय सदस्य त्रिरत्न लाल शाक्य, महेन्द्र लिगल, प्रदेशका सचिव टीका श्रेष्ठ, पाल्पा अध्यक्ष मानध्वज श्रेष्ठ, बाके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघमा अध्यक्ष उज्जल कसजु, रुद्र श्रेष्ठले नेवार समुदायको संगठनमा जोड्दा स्थानियस्तरबाट समेट्नुपर्ने सुझाव दिए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ३८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ