५ पुस २०८२, शनिबार | December 20, 2025

एक महिनाभित्र सबै पार्टी माओवादीसँग तालमेल गर्न आउँछन् : प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा कालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गरेको सम्झौता पछि एमसीसीमाथि प्रश्न उठेको बताएका छन् ।

प्रेस सेण्टरले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपाकै परराष्ट्रमन्त्रीले एमसीसी ईण्डोप्यासाफिकसंग अन्तरसम्बन्धित रहने गरि सम्झौता गरेपछि एमसीसी प्रति आशंका सुरु भएको बताएका हुन् ।

उनले आफ्नै अध्यक्षतामा भएको नेकपाको बैठकले एमसीसीबारे अध्ययन गर्ने समिति गठन भएको दाबी गर्दै एमसीसीमा विमती राखेकै दिनबाट नेकपामा अप्रिय घटना घट्न सुरु भएको बताए । उनले एमसीसीको विवाद माओवादीले नै सृजना गरेको समेत स्विकार गरे ।

अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराष्ट गर्न अहिले पनि गठबन्धन आवश्यक रहेको बताउँदै गठबन्धन होला र चुनाव जितौंला भनेर भने कार्यकर्ताहरु बस्न नहुने बताए । ‘गठबन्धन होला र जितौंला भनेर बस्ने होईन, आफ्नै खुट्टामा उभिएर चुनाव जित्नु पर्छ ।’ उनले भने ।

गाँउघरमा नै सिंहदरवारको नीति माओवादीले नै ल्याएको दाबी गर्दै अध्यक्ष प्रचण्डले कार्यान्वयनको जिम्मेवारी पनि माओवादीलाई हुनुपर्ने बताए । उनले नेपालमा एक प्रवृत्ति अहिले पनि संघीयता, समावेशिता, धर्मनिरपेक्षको कुरै सुन्न नचाहने गरेको उल्लेख गर्दै त्यही प्रवृत्ति अहिले पनि संसद र संविधानको विघटनको प्रयासमा लागेको आरोप लगाए । ‘अघिल्लो वर्ष पटक पटक संसद विघटन संसद मात्र होईन संबिधानको विघटन नै हो ।’ उनले भने, -‘आन्दोलनले त्यो प्रवित्तिलाई पराष्ट गरिएपनि त्यो प्रवित्ति अहिले पनि संसद चाहिंदैन र परिवर्तन चाहिंदैन भन्ने पुष्टि गराउने कसरतमा लागि रहेको छ ।’

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै प्रचण्डले अघिल्ला निर्वाचनहरुमा पनि माओवादीको ५ सिट पनि आउँदैन भन्नेहरुलाई जनताले देखाईदिएको बताए । उनले माओवादी केसैसंग गठबन्धनका लागि जाने होईन एक महिना भित्र सबै पार्टी माओवादीसंग तालमेल गर्न आउनु पर्ने जिकिर गरे ।

गण्डकी प्रदेशका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड सहितका नेताहरु आज बिहान पोखरा पुगेका हुन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ०१ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा