२५ असार २०८३, बिहिबार | July 9, 2026

एक महिनाभित्र सबै पार्टी माओवादीसँग तालमेल गर्न आउँछन् : प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा कालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गरेको सम्झौता पछि एमसीसीमाथि प्रश्न उठेको बताएका छन् ।

प्रेस सेण्टरले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपाकै परराष्ट्रमन्त्रीले एमसीसी ईण्डोप्यासाफिकसंग अन्तरसम्बन्धित रहने गरि सम्झौता गरेपछि एमसीसी प्रति आशंका सुरु भएको बताएका हुन् ।

उनले आफ्नै अध्यक्षतामा भएको नेकपाको बैठकले एमसीसीबारे अध्ययन गर्ने समिति गठन भएको दाबी गर्दै एमसीसीमा विमती राखेकै दिनबाट नेकपामा अप्रिय घटना घट्न सुरु भएको बताए । उनले एमसीसीको विवाद माओवादीले नै सृजना गरेको समेत स्विकार गरे ।

अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराष्ट गर्न अहिले पनि गठबन्धन आवश्यक रहेको बताउँदै गठबन्धन होला र चुनाव जितौंला भनेर भने कार्यकर्ताहरु बस्न नहुने बताए । ‘गठबन्धन होला र जितौंला भनेर बस्ने होईन, आफ्नै खुट्टामा उभिएर चुनाव जित्नु पर्छ ।’ उनले भने ।

गाँउघरमा नै सिंहदरवारको नीति माओवादीले नै ल्याएको दाबी गर्दै अध्यक्ष प्रचण्डले कार्यान्वयनको जिम्मेवारी पनि माओवादीलाई हुनुपर्ने बताए । उनले नेपालमा एक प्रवृत्ति अहिले पनि संघीयता, समावेशिता, धर्मनिरपेक्षको कुरै सुन्न नचाहने गरेको उल्लेख गर्दै त्यही प्रवृत्ति अहिले पनि संसद र संविधानको विघटनको प्रयासमा लागेको आरोप लगाए । ‘अघिल्लो वर्ष पटक पटक संसद विघटन संसद मात्र होईन संबिधानको विघटन नै हो ।’ उनले भने, -‘आन्दोलनले त्यो प्रवित्तिलाई पराष्ट गरिएपनि त्यो प्रवित्ति अहिले पनि संसद चाहिंदैन र परिवर्तन चाहिंदैन भन्ने पुष्टि गराउने कसरतमा लागि रहेको छ ।’

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै प्रचण्डले अघिल्ला निर्वाचनहरुमा पनि माओवादीको ५ सिट पनि आउँदैन भन्नेहरुलाई जनताले देखाईदिएको बताए । उनले माओवादी केसैसंग गठबन्धनका लागि जाने होईन एक महिना भित्र सबै पार्टी माओवादीसंग तालमेल गर्न आउनु पर्ने जिकिर गरे ।

गण्डकी प्रदेशका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड सहितका नेताहरु आज बिहान पोखरा पुगेका हुन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ०१ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट