११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पाकिस्तानी राजदूतले भने- नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग रहन्छ



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् ।

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने बताए ।

नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक्षिक छात्रवृत्ति निरन्तर गरिने बताए ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरे । क्षेत्रीले नेपाली विद्यार्थीहरूलाई आफ्ना प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तानलाई धन्यवाद दिए ।

स्नातक विद्यार्थीले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ४३ बजे

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा