११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

कांग्रेसले चैतभित्रै उम्मेदवार टुंग्याउने



काठमाडौं । नेपाली कांग्रेसले चैतभित्रै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाउने भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन् ।

उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताए ।

‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक रहँदैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्रभित्रै टुंगो लगाउने कोसिस गर्छौं’, प्रेस युनियन सल्यानले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा भने ।

उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताए । तर, सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे । उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । ‘जुन तहको हो उम्मेद्वारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उनले भने ।

नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरे । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५९ बजे

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा