२० श्रावण २०८३, बुधबार | August 6, 2026

रुपन्देहीका नेवाः पत्रकारहरुको नेवाः पत्रकार फोरम गठन



बुटवल । रुपन्देहीका नेवाः पत्रकारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न भन्दै लुज फोरम गठन गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेवाः पत्रकारहरुको भेलाले नेवा पत्रकार फोरम गठन गरेको हो ।

फोरम गठनका लागि भेला भएका नेवाः पत्रकारहरुले रुपन्दहीमा रहेका नेवाः संघ संस्थाहरुलाई संगठित गर्ने, भाषा संस्कृतिको सम्बद्र्धन गर्ने तथा नेवाः सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य पुरा गर्न फोरम आवश्यक पर्ने ठहर गर्दै नेवाः पत्रकार समाज गठन गरेको भेलामा सहभागी अग्रज पत्रकार स्वस्तिक श्रेष्ठले बताए । उनले रुपन्देहीमा दजर्न बढी नेवाः संम्बद्ध संघ संस्थाहरु रहेपनि संगठित आवाज उठ्न नसकेको अवस्थामा संस्थाहरुलाई एउटा सुत्रमा बाँध्ने फोरमको उद्देश्य रहेको बताए ।

भेलाले खबरकुराका प्रबन्ध सम्पादक शरण कर्माचार्यको संयोजकत्वमा फोरम गठन गरेको छ । फोरमको सदस्यहरुमा स्वस्तिक श्रेष्ठ, सुमन श्रेष्ठ, सत्यनारायण मानन्धर, दिनेश श्रेष्ठ, सुजिता श्रेष्ठ र सन्तकुमार श्रेष्ठ रहेका छन् । फोरमले हरेक महिना नेवाः भाषा, संस्कृति र सम्पदा तथा नेवाः समुदायको बाहुल्यता रहेको स्थानहरुको इतिहासका विषयमा अन्तरक्रिया गर्ने श्रेष्ठले जनाए ।

नेवारी परम्परा अनुसार गुठी बिधिबाट सर्व सम्मत नेतृत्व चयन गर्ने बिधि अपनाउने र संस्थालाई गुठीकै बिधिबाट गैर नाफामुलक संस्था बनाउने गरि बिधि बनाइएको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४३ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको