२० श्रावण २०८३, बुधबार | August 6, 2026

स्थानीय तहको निर्वाचनमा गठबन्धनका चार दलले मोर्चाबन्दी गर्ने



धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन् ।

सोमबार भएको पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा कांग्रेसका धनकुटा सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक डिल्लीराम राई, नेकपा एकीकृत समाजवादी धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटा अध्यक्ष बलबहादुर राईले हस्ताक्षर गरेका छन् । तीन नगरपालिका र चार गाउँपालिकामा रहेको धनकुटामा ६० वडामा एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको पत्रकार सम्मेलन गरी बताएका हुन् ।

कांग्रेस जिल्ला सभापति दिनेश राईले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको बताए। स्थानीय तहका आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको राईले बताए । ‘वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एकताबद्ध ढंगले जाने निर्णय गरेका छौं,’ उनले भने, ‘अब संयुक्त रूपमा कार्यक्रम गरिने छ ।’

स्थानीय निर्वाचनलाई लक्षित गरेर वडा तहबाट उमेद्‍वारको सिफारिस आउन थालेका छन् । राईले भने उमेद्‍वारको सिफारिस गर्दा गठबन्धनलाई ध्यान देऊ भनेर वडासम्म भनेका छौं ।

नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले स्थानीय चुनावका लागि चार दलीय गठबन्धन गरिएको बताए । ‘संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानीय चुनावमा सहकार्य गरेर जाने हो,’ उनले भने, ‘धनकुटाको आवश्यकताका आधारमा गठबन्धन गरेका हौं र हरेक कुरामा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउँदछौं ।’

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनकुटा ७ वटा स्थानीय तहको प्रमुख उपप्रमुखसहित एमाले ४३ वडामा, कांग्रेसले ९ वटा वडामा, माओवादी केन्द्रले ५ वटा वडा र जनता समाजवादी पार्टीले ३ वटा वडामा विजयी भएका थिए ।
ब्खबतबच

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ४३ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको