२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या



पोखरा । पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरेका छन् । चैत ४ गते बिहान उनले साथीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै हत्या गरेको पाइयो ।’ आमाको हत्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

यसरी भयो घटना

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनाए । भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई हत्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या भयो ।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

दुवैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : १६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल