४ पुस २०८२, शुक्रबार | December 19, 2025

१६ औ मनमोहन स्मृति वडा स्तरिय फुटबलमा वडा नं ११ को विजयी सुरुवात



बुटवल । बुटवलमा सोमबार देखि १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु भएको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रतियोगितकाको उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले खेलमार्फत युवालाई प्लेटफर्म दिने लक्ष्य साथ उपमहानगरले बुटवलमा खेल क्षेत्रलाई विशेष प्राथमितामा राखेको जनाए ।

सिद्धेश्वर खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं ११ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नं १४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजयी भएको हो । वडा नं ११ को जितमा रंजित, बसन्त सुनार र सुरज मल्लले गोल गरे । खेलमा वडा नं. ११ का रन्जित थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।

यसैगरि विधागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको खाम्चाले बताए । उनले नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको बताए ।

मंगलबारदेखि दैनिक दुई खेलहरु संचालन हुने प्रचारप्रसार संयोजक गणेश बोहराले जानकारी दिए । बिहान पहिलो खेल वडा नं १ र ४ तथा दिउँसो दोस्रो खेल वडा नं. १६ र २ का बिचमा हुने उनले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १९ वटै वडाले भाग लिएका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको