१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

१६ औ मनमोहन स्मृति वडा स्तरिय फुटबलमा वडा नं ११ को विजयी सुरुवात



बुटवल । बुटवलमा सोमबार देखि १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु भएको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रतियोगितकाको उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले खेलमार्फत युवालाई प्लेटफर्म दिने लक्ष्य साथ उपमहानगरले बुटवलमा खेल क्षेत्रलाई विशेष प्राथमितामा राखेको जनाए ।

सिद्धेश्वर खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं ११ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नं १४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजयी भएको हो । वडा नं ११ को जितमा रंजित, बसन्त सुनार र सुरज मल्लले गोल गरे । खेलमा वडा नं. ११ का रन्जित थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।

यसैगरि विधागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको खाम्चाले बताए । उनले नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको बताए ।

मंगलबारदेखि दैनिक दुई खेलहरु संचालन हुने प्रचारप्रसार संयोजक गणेश बोहराले जानकारी दिए । बिहान पहिलो खेल वडा नं १ र ४ तथा दिउँसो दोस्रो खेल वडा नं. १६ र २ का बिचमा हुने उनले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १९ वटै वडाले भाग लिएका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २७ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति