७ आश्विन २०८३, बुधबार | September 23, 2026

चुनावका लागि गठबन्धन बनेको थिएन, गठबन्धनमा तित्तता छैन : प्रचण्ड



जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा हार्ने निश्चित भएपछि माओवादीले गठबन्धन गर्न चाहेको कुरा गलत भएको बताएका छन् । जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउने कार्यको नेतृत्वदायी भूमिका खेलेका कारण गठबन्धनको पक्षमा माओवादी रहेको स्पष्ट पारे ।

उनले देशभरीको रिपोर्टका आधारमा गठबन्धन नगरि चुनाव जित्न नसकिने अवस्थामा माओवादी नरहेको दाबी गर्दै आफ्नै खुट्टामा चुनाव जित्न माओवादी सक्षम रहेको बताए । उनले गठबन्धनको विषयमा गठबन्धन दलका शिर्ष नेताहरुमा कुनै तित्तता नभएको बताउँदै संबिधानको रक्षा, लोकतन्त्रको रक्षा र परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको स्पष्ट पारे । चुनावका लागि गठबन्धन नबनेको प्रचण्डको भनाई छ ।

प्रचण्डले मुलुकमा अहिले सबै भन्दा बढी त्याग गर्ने पार्टी माओवादी नै भएको दाबी गर्दै गठबन्धनका दलहरुलाई माओवादीले त्याग गर्दै सहयोग गर्दै आएको पनि जिकिर गरे । ‘देउवाजीले महाधिवेशनमा सहयोग चाहियो भन्नु भो, माधवजीले हामी त भर्खर जन्मेको पार्टी सहयोग चाहियो भन्नु भयो हामीले ग¥र्यौं,’ उनले भने, -‘ माओवादी अरु पार्टीलाई नै सहयोग गर्ने र प्रधानमन्त्री बनाउने पार्टी जस्तो बनेको छ ।’ मन्त्रिपरिषद हेरफेर भए माओवादीले हैसियत अनुसार स्थान खोज्ने प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई