६ पुस २०८२, आइतबार | December 21, 2025

चुनावका लागि गठबन्धन बनेको थिएन, गठबन्धनमा तित्तता छैन : प्रचण्ड



जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा हार्ने निश्चित भएपछि माओवादीले गठबन्धन गर्न चाहेको कुरा गलत भएको बताएका छन् । जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउने कार्यको नेतृत्वदायी भूमिका खेलेका कारण गठबन्धनको पक्षमा माओवादी रहेको स्पष्ट पारे ।

उनले देशभरीको रिपोर्टका आधारमा गठबन्धन नगरि चुनाव जित्न नसकिने अवस्थामा माओवादी नरहेको दाबी गर्दै आफ्नै खुट्टामा चुनाव जित्न माओवादी सक्षम रहेको बताए । उनले गठबन्धनको विषयमा गठबन्धन दलका शिर्ष नेताहरुमा कुनै तित्तता नभएको बताउँदै संबिधानको रक्षा, लोकतन्त्रको रक्षा र परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको स्पष्ट पारे । चुनावका लागि गठबन्धन नबनेको प्रचण्डको भनाई छ ।

प्रचण्डले मुलुकमा अहिले सबै भन्दा बढी त्याग गर्ने पार्टी माओवादी नै भएको दाबी गर्दै गठबन्धनका दलहरुलाई माओवादीले त्याग गर्दै सहयोग गर्दै आएको पनि जिकिर गरे । ‘देउवाजीले महाधिवेशनमा सहयोग चाहियो भन्नु भो, माधवजीले हामी त भर्खर जन्मेको पार्टी सहयोग चाहियो भन्नु भयो हामीले ग¥र्यौं,’ उनले भने, -‘ माओवादी अरु पार्टीलाई नै सहयोग गर्ने र प्रधानमन्त्री बनाउने पार्टी जस्तो बनेको छ ।’ मन्त्रिपरिषद हेरफेर भए माओवादीले हैसियत अनुसार स्थान खोज्ने प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ४९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा