१६ श्रावण २०८३, शनिबार | August 1, 2026

व्यापारीबाट १ लाख ५७ हजार क्वीन्टल चामल किन्दै खाद्य कम्पनी



काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीबाट चामल किन्न थालेको छ । सिजनमा किसानबाट न्यून मात्रामा धान किनेको खाद्यले देशभर १ लाख ५७ हजार ५ सय क्वीन्टल चामल किन्न थालेको हो ।

कम्पनीका १० वटा प्रादेशिक र मुख्य शाखामार्फत चामल खरिदका लागि बोलपत्र स्वीकृत गरिएको छ । खाद्यको विर्तामोडस्थित मुख्य शाखाका लागि ५ हजार क्वीन्टल सोना मन्सुली र स्टिम जिरा खरिद गरिँदैछ ।

प्रादेशिक कार्यालय विराटनगरका लागि ४ हजार क्वीन्टल सोना मन्सुली, २ हजार क्वीन्टल स्टिम जिरा मसिनो र १ हजार क्वीन्टल स्टिम रन्जित चामल खरिद प्रक्रिया अगाडि बढेको छ ।

त्यस्तै, मुख्य शाखा लहान र शाखा कार्यालय वीरगन्जका लागि २०/२० हजार क्वीन्टल, प्रादेशिक कार्यालय काठमाडौंका लागि ८ हजार ५ सय क्वीन्टल, प्रादेशिक कार्यालय भैरहवाका लागि ७ हजार क्वीन्टल, मुख्य कार्यालय नेपालगन्जका लागि २३ हजार क्वीन्टल र प्रादेशिक कार्यालय धनगढीका लागि ३७ हजार क्वीन्टल चामल किन्न छुट्टाछुट्टै बोलपत्र स्वीकृत भएको छ ।

प्रादेशिक कार्यालय सुर्खेतका लागि २० हजार क्वीन्टल र मुख्य शाखा तुलसीपुरका लागि ४ हजार क्वीन्टल चामल किनिँदैछ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५६ बजे

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम