१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

प्रचण्डसँग मातृकाको असन्तुष्टीः बहिस्कारदेखि उजुरीसम्म



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका छन् ।

मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको सांगठानिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका हुन् ।

‘मैले हेडक्वाटरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु,’ यादवले भने, ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न ।’
केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतिक्षामा आफू रहेको यादवले जानकारी दिए ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको सांगठानिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टी जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका हुन् । सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई पनि बहिस्कार गरेका छन् ।

मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहका बीचमा सत्ता संघर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मंगलबार बैठक बहिस्कार गरेका थिए । सहिद रामबृक्ष यादवको शालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टी जाहेर गर्दै आएका छन् ।

पूर्वजनमोर्चा समूहका गिरिराजमणी पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेको बेला यादवले प्रशिक्षण बहिस्कार गरेका हुन । प्रदेश कमिटी निमार्ण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन ।

‘अध्यक्षसँग मेरा असन्तुष्टी कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ, मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो,’ यादवले भने, ‘अरू जिम्मेवारी साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन, अनि प्रशिक्षणस्थलमा नबसेको हुँ ।’ यादवका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठानिक निमार्णजस्ता कार्यमा उनको बहिस्कार र अनुपस्थिति दुबै रहिरहनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ११ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र