६ पुस २०८२, आइतबार | December 21, 2025

चितवनमा ३४ दलका उम्मेदवारले दलीय हैसियतमा चुनाव लड्न पाउने



चितवन । चितवनमा ३४ दलले मात्रै दलीय हैसियतमा स्थानीय तहको चुनावमा सहभागी हुन पाउने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटासहित ३४ दलका उम्मेदवार दलीय हैसियतमा चुनाव लड्न पाउने भएका हुन् ।

निर्धारित समयभित्र चितवनमा राष्ट्रिय दलबाहेक २८ वटा साना दल दर्ता भएका हुन् । निर्वाचन आयोगमा भने निर्वाचनका लागि राष्ट्रिय दलसहित ७९ दल दर्ता भएका छन् । आयोगबाट राष्ट्रिय दलको मान्यता पाएका दलहरू जिल्लामा दर्ता हुनु नपर्ने व्यवस्था छ ।

अन्य जिल्लामा दर्ता भएका साना दलका उम्मेदवार चितवनको स्थानीय तहको चुनाव लड्न चाहेमा स्वतन्त्र उम्मेदवारका हैसियतमा चुनावमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले बताए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चितवनमा राष्ट्रिय दलसहित २४ वटा दल सहभागी भएका थिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता प्राप्त दल हुन् ।

प्रतिनिधिसभामा कम्तीमा एक सिट जितेको र समानुपातिक सिटमा थ्रेस होल्ड कटाएको दललाई आयोगले राष्ट्रिय दलको मान्यता दिने गर्छ ।

लोसपा पार्टी चितवनमा छैन । यद्यपि राष्ट्रिय दलको मान्यता पाएका दलका उम्मेदवारले जहाँबाट पनि चुनाव लड्न पाउने भएकाले लोसपाका उम्मेदवारले पनि यहाँ चुनाव लड्न पाउँछन् । राष्ट्रिय दलको मान्यता पाएका दलले आफ्नै चुनाव चिह्न लिएर चुनाव लड्न पाउँछन् ।

साना दललाई भने आयोगले चुनाव चिह्न दिने निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।

चितवनमा दर्ता नभएका अन्य साना दलका उम्मेदवार चितवनको स्थानीय तहमा चुनाव लड्नु परे त्यस्ता उमेदवारलाई आयोगले बनाएको मापदण्डका आधारमा निर्वाचन अधिकृतले चुनाव चिह्न दिने उनले बताए ।

‘चितवनमा दर्ता नभएका साना दलले पनि यहाँ चुनाव लड्न त पाउँछन्, तर त्यस्ता दलका उम्मेदवारले आफ्नो दलको चुनाव चिह्न पाउँदैनन् । स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्छ’, उनले भने, ‘उनीहरुलाई आयोगले बनाउने मापदण्डमा आधारित रहेर निर्वाचन अधिकृतले चुनाव चिह्न प्रदान गर्नुहुन्छ ।’

साना दल जिल्लामा दर्ता हुन पाउने म्याद ६ चैतसम्म थियो । निर्धारित समयभित्र दर्ता भएका २८ दलको नामावली निर्वाचन कार्यालयले सोमबार आयोगमा पठाएको हो । स्थानीय तहको निर्वाचनका लागि आयोगले ११ र १२ वैशाखमा मनोनयनका लागि मिति तय गरेको छ ।

चितवनमा दर्ता भएका साना दल
१, राष्ट्रिय प्रजातन्त्र पार्टी
२, राष्ट्रिय जनमुक्ति पार्टी
३, विवेकशील साझा पार्टी
४, नेकपा माले
५, राष्ट्रिय जनमोर्चा
६, नेपाल मजदुर किसान पार्टी
७, मंगोल नेसनल अर्गनाइजेसन
८, त्रिमूल नेपाल
९, सामाजिक एकता पार्टी
१०, नेपाली कांग्रेस बिपी
११, जनमत पार्टी
१२, उन्नत लोकतन्त्र पार्टी
१३, राष्ट्रिय नागरिक पार्टी
१४, नेपाल दलित पार्टी
१५, नेपाल परिवार दल
१६, मौलिक जरोकिलो पार्टी
१७, जनसमाजवादी पार्टी, नेपाल
१८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१९, नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०
२०, नेपाल सुशासन पार्टी
२१, नेपालका लागि नेपाली पार्टी
२२, समाजवादी केन्द्र नेपाल
२३,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
२४, नेपाल विवेकशील पार्टी
२५, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
२६, नेपाली जनता दल
२७, देशभक्त समाज
२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : १२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको