१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ओलीको राजनीतिक प्रतिवेदन : मधेसमा एमालेप्रति क्रेज देखियो



काठमाडौं । तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन् ।

‘विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ ।

तराई मधेसका जिल्लाहरुमा एमालेप्रति बढेको आकर्षणले ‘राष्ट्रिय राजनीतिवाट जातीय क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्ने’ दाबी गरिएको छ ।

ओलीले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको विषयलाई ‘खास अर्थ र सन्देश’ रुपमा लिनुपर्ने निर्देशनसमेत दिएका छन । ‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लम्मै डुबेको माओवादी नेतृत्व ९प्रचण्ड० प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ ।

एमालेलाई छलकपटपूर्ण ढंगले सरकारबाट विस्थापित गरिएको विषयलाई उनले पुनः राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पार्टी प्रतिपक्ष अवस्थामा रहेको, एमालेलाई कमजोर पारियो भन्ने भ्रम सिर्जना गर्दै पार्टीबिरुद्ध राजनीतिक र मनोवैज्ञानिक आक्रमण वा घेराबन्दी पारिएको बेला गठबन्धन आवद्ध पार्टीबाटै ठूलो संख्यामा एमालेमा प्रवेशको यो परिघटनाले एमालेप्रति अपार आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।’

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४५ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन