१६ श्रावण २०८३, शनिबार | August 1, 2026

महानगरिय ट्राफिकलाई मन्त्री झाँक्रीले हस्तान्तरण गरिन् ट्राफिक उपकरण



काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराएकी छिन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताईन् । उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत गरिन् ।

महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा शहरी बिकास मन्त्रालय तथा बिकास प्राधिकरणले गरेको पहल एवम् अग्रसरतालाई धन्यबाद व्यक्त गरे । उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरि ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने विश्वास दिलाए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : १४ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश