६ पुस २०८२, आइतबार | December 21, 2025

एमालेमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई



काठमाडौं । एमालेले आसन्न  तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो ।

एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उनको भनाई छ ।

‘स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महशुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं’.  रिजालले भने ।

पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उनले प्रष्ट पारे । ‘हामी आफ्नो पार्टीको जनमत पढाउने, पार्टीमा बढिरहेको लहरलाई रोक्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति बनाएर जादैँनौं’. उनले भने ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : ४० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा