७ आश्विन २०८३, बुधबार | September 23, 2026

महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ



महोत्तरी । प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन् ।

लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई