२५ असार २०८३, बिहिबार | July 9, 2026

दलहरु एक्लाएक्लै हिँडेको भए न देशमा शान्ति आउँथ्यो, न त लोकतन्त्र र संविधान : प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्नेमा पुनः जोड दिएका छन् ।

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे।

दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै प्रचण्डले भने, “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो रु” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए ।

गठबन्धनका सन्दर्भमा का्रग्रेसका केही नेताहरुले आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको प्रति टिप्पणी गर्दै उनले भने, “आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामवन्धु सुवेदीले महानगरले गरेका विकास निर्माणबारे जानकारी गराएका थिए। त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका सङ्घीय परिषद् सदस्य मुस्तफा अली, उद्योग वाणिज्य सङ्घ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

महानगरले रु ९४ करोड ३२ लाखको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगर प्रमुख दाहालले सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको जानकारी दिइन ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ५४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट