६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा मनाइयो पाँचौ विश्व नेवाः दिवस, नयाँ पुस्तामा संस्कार र संस्कृति पुस्तान्तरण गर्नुपर्नेमा जोड



बुटवल । नेवाः समुदायको नयाँ पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति हस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पाँचौ विश्व नेवाः दिवसको अवसरमा नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा नेवाः सेवा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने नेवार अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले समाज रुपान्तरणमा योगदान दिएका नेवारहरु नै आफू रुपान्तरण हुन नसक्दा पछाडी पर्नु परेको दुखेसो पोखे ।

कार्यक्रममा बोल्दै नेवाः सेवा समाजका वरिष्ठ सल्लाहकार नवराज श्रेष्ठले नेवारहरुको आफ्नै ईतिहास खोज्न जरुरी रहेको बताए । उनले स्थानान्तरण भएका धेरै नेवार सामुदायमा आफ्नो पहिचान हराउँदै गएको भन्दै उनिहरुलाइ समेटेर संस्कार संस्कृति जगेर्नामा लाग्नुपर्ने बताए । समाज रुपान्तरणमा योगदान दिएका नेवारहरु नै आफू रुपान्तरण हुन नसक्दा पिछडिनुपरेको उनको गुनासो छ ।

नेवाः सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले विश्व नेवाः दिवसलाई आगामी दिनमा यस क्षेत्रका सबै संगठनहरु मिलेर नेवार संस्कृति पहिचान हुनेगरि मनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेवारहरु एक ठाँउमा संगठित नहुँदासम्म पहुँचमा पुग्न नसक्ने भन्दै यसप्रति सजग भएर अघि बढ्नुपर्ने बताए।

स्थानिय निर्वाचनको तयारी भैरहेको बेला नेवार समुदायबाट बढिभन्दा बढि जनप्रतिनिधि पर्ने गरि अघि बढ्नुपर्ने उनले बताए । नेपालको आदीबासीमात्र नभई विश्व ईतिहासमा नेवार समुदायको आफ्नै गरिमा रहेको पनि उनले स्पष्ट पारे ।

माण्डब्य बंश मुल आधार भएका नेवारहरु विश्व मानव विकासमा धेरै अगाडीबाट आएको दाबी गर्दै श्रेष्ठले वार्षिक क्यालेन्डर बनाएर दिवस मनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा भिमसेन नेवा गुठीका अध्यक्ष लिला प्रसाद श्रेष्ठले संगठनात्मक रुपमा अघि बढ्दा लुकेका धेरै संस्कार, संस्कृतिहरु बाहिर आउने बताए । बुटवलमा हराईरहेको लाखे नाचलाई जगाउने काम गरेको स्मरण गर्दै उनले धेरै नेवाः संस्थाहरु मिलेर लोपन्मुख कालिका नाच, लाखे नाच, बासुरी जस्ता नाचहरुलाई देखाएको बताए ।

नेवाः पत्रकार फोरमका कार्यबाहक संयोजक स्वस्तिक श्रेष्ठले देशको पार्टी राजनितिमा नेवाः समुदायको पहुँच नपुग्दासम्म नेवाःमैत्री नीति बन्न नसक्ने बताए । नेवार समुदाय शिक्षा र अध्ययनलाई जोड दिनुपर्ने सुझाव दिँदै संयोजक श्रेष्ठले नेवाः समुदायको नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति हराउने क्रम रहेको बताए ।

उनले वर्तमान नेवाः समुदायको नेतृत्ववर्गमा नया पुस्तालाई आफ्नो संस्कार पुस्तान्तरण गर्दै संरक्षणमा लाग्नुपर्ने अभिभाराआईपरेको बताए ।

कार्यक्रममा नेवाः पुच नेवा विकास समितिका सचिव लक्ष्मी श्रेष्ठ, अर्घाखाँची नेवा समितिका अध्यक्ष बाबुराम श्रेष्ठ, तिलोत्तमा नेवा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवाः सेवा समितिका सचिव सारदा श्रेष्ठले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : २९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको