३१ असार २०८३, बुधबार | July 15, 2026

आगो ओकल्ने जीवन शर्माले गाए समृद्दीका गीत, ‘यही माटोमा पसिना पोखौं’ आजबाट बजारमा (भिडीयोसहित)



बुटवल ।  व्यवस्था, शासन र सत्ताको विरोधमा आगो ओकल्दै आएका जन गायक जीवन शर्माले उत्पादन, समृद्दी र स्वाभिमान झल्काउने नयाँ गीत बजारमा ल्याएका छन् । नेपालभित्रै श्रम गरेर स्वाभिमान जगाउन आह्वान गर्दै गायक शर्माले रेमिट्यान्सको भरमा देश चलाउन नहुने सुझाव गीत मार्फत दिएका छन् ।

प्राय सत्ताका विरोध र क्रान्तिका ज्वाला दन्काउने खालका गीत गाउने गरेका शर्माले पछिल्लो समय नेपालमा चल्दै आएको भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध शब्द कोर्ने गरेका छन् । राष्ट्रिय भावनाबाट ओटप्रोटका शब्दहरु पनि शर्माका पछिल्लो रचनाहरुमा पाईने गरेको छ ।

‘मधेसी, पहाडी, हिमालका हिमाली, सबै जाती जनजाती हामी सबै नेपाली….’को रचना गर्दा देशमा जात, थर र वर्णका आधारमा राज्य पुनरसंरचना गर्न नहुने भावना पोखेका शर्माले ‘चाहिंदैन मलाई सुनका दरबार, चाहिँदैन मलाई चमेलीको बास …..’गाईरहँदा भ्रष्टाचार र कुरितीका विरुद्ध सशक्त प्रतिरोध गरेका छन् । शर्माको पछिल्लो ‘यही माटोमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यही माटोमा पसिना पोखौंं युवाको आँटले, बिदेशी भारी नबोकौ अव नेपाली काँढले …’जीवनले आह्वान गरेका छन् ।

गीतकै शब्दमा उनले रेमिट्यान्सबाट देश चलाउने सोंचाई नराख्न पनि आग्रह गरेका छन् । बिदेशबाट आएको रेमिट्यान्सले पैसा मात्र नआएको त्यसले संस्कृति, भाषा र भेष समेत मासिंदै गएको चिन्ता पनि व्यक्त गरेका छन् ।

शनिबारबाट सार्वजनिक भएको यही माटोमा म्युजिक भिडियोलाई शर्माले राष्ट्रिय भावनाको गीत भएको खबरकुरालाई बताए । उनले देशमा अव समृद्दी र स्वाभिमानसँगै देश प्रेम आवश्यक देखिएको बन्दै युवालाई देशमा रोक्न नसक्दा गाँउघर रित्तिन थालेको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ५० बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली