१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ विदेशमन्त्री वाङ यी स्वेदश फिर्ता



काठमााडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

विदेशमन्त्री वाङ आइतबार दिउँसो स्वदेश फर्किएका हुन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरेका छन् ।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङ शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए । शनिबार दिउँसो परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेपछि नेपाल र चीनका प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल र ९ बुँदे समझदारी भएको थियो । साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको साँचो नेपाललाई हस्तान्तरण गरेका थिए ।

वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे भने एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग होटल मेरियटमा भेट गरेका थिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : ३६ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री