२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमका बीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोडदै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताए । उनले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पु-याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भितेपात्रो बनाइएको पनि बताए ।

पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले जनाए । उनले विदेशी मुद्रा नेपालमा भित्रयाउनको लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको बतए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ४० बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म