१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

खजुरा क्यान्सर अस्पतालमा आर्थिक अनियमितताको गन्ध, पूर्व कार्यकारी निर्देशक आफैले पचाए लाखौं रकम



खजुरा । बाँकेको खजुरा स्थित क्यान्सर अस्पताल विकास समितिको नेतृत्वलाई अदालतले खारेज गरिदिएसँगै बहिर्गमनमा परेका अध्यक्ष किशोर थापाले जाँदाजाँदै १० करोड ६७ लाख रकमलाई चर्चा चलाएर बाहिरिएका छन् । अदालतले पूर्ववत विकास समितिलाई ब्युँताईदिएपछि अदालतको आदेश पालना गर्ने भन्दै बाहिरिएका थापाले क्यान्सर अस्पतालका प्रवर्तक प्रखर परोपकार मिशन नेपालबाट सुशिल कोइराला क्यान्सर अस्पतालमा हस्तान्तरण भएको १० करोड ६७ लाख रकम माथि प्रश्न उठाएर अस्पतालबाट बिदा भएका छन् ।

२०७३ सालमा गठन आदेश बमोजिम धार्मिक संस्थाको स्वामित्वमा रहेको नेपाल क्यान्सर अस्पताललाई सरकारले स्वामित्व ग्रहण गर्दै अस्पतालको स्थापनाकर्ता प्रखर परोपकार मिशन नेपालको बैंक खातामा रहेको १० करोड ६७ लाख रकम समितिका पदाधिकारीहरु स्वयंले आफुलाई खोजिदिन भनेको भन्दै सो रकम माथि थापाले प्रश्न उठाएका हुन् ।

ओली नेतृत्वको सरकारले गठन गरेको अस्पताल विकास समितिको समयावधि बाँकी छँदै देउवा सरकारले भक्तबहादुर केसीको अध्यक्ष्तामा रहेको विकास समिति खारेज गरेर थापाको अध्यक्षतामा समिति गठन गरेको थियो । तर सर्वोच्च अदालतले देउवा सरकारको निर्णय खारेज गर्दै पूर्ववर्ती केसी नेतृत्वको समितिलाई ब्युँताईदिएपछि थापाले आइतबार पत्रकार सम्मेलन गरेर बाहिरिएका छन् ।

उनले आफुले काम गर्न पाएको १० दिनको अवधिमा संस्थापक र अस्पताल जन्माउने संस्थाका सदस्यहरुलाई विशेष छुटमा उपचार गर्ने, अस्पताल रहेको गाँउपालिकाका नागरिकलाई ओपीडी निःशुल्क, रेडियो थेरापी खरिद गर्ने मसिनकालागि सरकारबाट रकम निकासा गर्ने जस्ता लोकप्रिय काम गरेको समेत दाबी गरेका छन् । उनले प्रकाशित गरेको विज्ञप्तिमा धार्मिक समितिका पदाधिकारीहरु स्वयंले आफुलाई समितिबाट अस्पतालमा गएको रकम खोजिदिन भनेको र सो रकम आफुले खोज्न नसकेको उल्लेख गरेपछि १० करोड ६७ लाख रकमका बारे बाँके र अस्पताल निर्माणका लागि दान गर्ने दानकर्ताहरुकाबीच चर्चा चलेको छ ।

कहाँ गयो १० करोड ६७ लाख ?

गठन आदेश अनुसार प्रखर परोपकार मिशन नेपाल द्वारा संचालन हुन गइरहेको नेपाल क्यान्सर अस्पताल नेपाल सरकारले पूर्ण स्वामित्व लिने निर्णय भएसँगै सो संस्थामा रहेको र संस्थाका नाममा रहेको चल अचल सम्पत्ति नेपाल सरकारको भईजाने समेत निर्णय भएको थियो । सोही निर्णय अनुसार मिशन नेपालको सबै भौतिक र बैंक खाताहरु सुशिल कोईराला क्यान्सर अस्पतालका नाममा जानु पर्नेमा केहि समय नेपाल क्यान्सर अस्पतालकै नाममा खाता संचालन गरिएपछि महालेखा परिक्षकको कार्यालयले बेरुजु समेत देखाएको अस्पताल स्रोतले दाबी गरेको छ । महालेखाको टिप्पणी पछि भने नेपाल क्यान्सर अस्पतालको नाममा रहेका बैंक खाताहरुलाई स्वतः सुशिल कोइराला क्यान्सर अस्पतालको नाममा रुपान्तरण गरिएको स्रोतको दाबी छ । बैंक अफ काठमाडौं, बंगलादेश बैंक, कृषि बिकास बैंक र सहकारी बित्तिय विकास संस्थामा खाता खोलि रकम राखिएकोमा अन्य बैंकहरुमा रहेको रकम सरकारी स्वामित्वमा गएपनि सहकारीका संचालकहरुले हिनामिना गरेपछि सहकारीमा रहेको अस्पतालको ५ लाख बढी रकम डुबेको बताइएको छ ।

अस्पतालका पूर्व कार्यकारी निर्देशकले पचाए १५ लाख पेश्की

अस्पतालका तत्कालिन कार्यकारी प्रमुख विश्वराम पौडेलले मिशन नेपाललाई फकाएर पेश्की शिर्शकमा लगेको १५ लाख रकम पनि अहिले सम्म दाखिला नगरेको स्रोतले दाबी गरेको छ । बाँके, बर्दिया सहित यस आसपासका धेरै जिल्लाका स्थानीयले मुट्ठी दान गरेर जम्मा भएको रकम मध्य ५ लाख सहकारी र १५ लाख पूर्व कार्यकारी प्रमुखले झ्वाम पारेको नाम नबताउने सर्तमा समितिका एक पदाधिकारीले खबरकुरालाई बताए । पूर्व कार्यकारी निर्देशक पौडेलले भने सो रकम आफुले भत्ता बापत बुझेको दाबी गर्दै सरकारले तलव पठाउन ढिला गरेपछि समितिले भत्ताकारुपमा आफुलाई दिएको बताए । वर्तमान निर्देशक कृष्ण आचार्यले सो रकम फिर्ता गर्नु नपर्ने आफुलाई बताएको डा. पौडेलले भने । पूर्व प्रमुख डा. पौडेल हाल भरतपुर क्यान्सर अस्पतालका कार्यरत छन् ।

प्रखर परोपकार मिशन नेपालका अध्यक्ष किस्मत कक्षपतिले भने डा. पौडेलले लिएको रकम पेश्की नै भएको बताए । उनले सो रकम पौडेलले फिर्ता गर्नु पर्ने बताउँदै आफुसंग फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाए । अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले पनि सो रकम फिर्ता गर्न पूर्व निर्देशक पौडेललाई ताकेता गरिएको बताए ।

किशोर थापा नेतृत्वको समितिले संस्थापक र साधारण सदस्यहरुलाई उपचारमा छुट दिने निर्णय गरेपनि मिशन नेपालले अस्पताललाई संस्थापक समितिका संस्थापक तथा साधारण र आजिवन सदस्यहरुको विवरण नपठाएपछि समितिको निर्णय कार्यान्वयन हुन सकेको छैन । अस्पताल जन्माउने मुल संस्थाको विगत ३ वर्ष देखि न त साधारण सभा भएको छ न त अध्यावधिक नै गरिएको छ । संस्थापक, आजिवन र साधारण सदस्यहरुको परिचयपत्र र विवरण प्राप्त हुन नसक्दा कार्यान्वयनमा समस्या आएको अस्पताल प्रमुख डा. आचार्यले बताए ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : १७ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हेटौंडा । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु

प्रमुख राजनीतिक दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं । प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने

विष्णु पौडेलको घरदैलो अभियान तिलोत्तमामा तीव्र, मतदातासँग सुझाव र समर्थन जुटाउँदै

बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र मतदाता

बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइयो, सुरु भयो होली पर्व

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले