५ पुस २०८२, शनिबार | December 20, 2025

तालमेलबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् । शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन् ।

आज बाँकी रहेका केन्द्रीय सदस्यले बोल्नेछन् । आज केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र स्थानीय चुनावका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

अहिलेसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यले तालमेल गरेरै चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

केही केन्द्रीय सदस्यले कांग्रेस एक्लैले चुनावमा जानुपर्ने पनि मत राखेका छन् । तर, धेरै जसो केन्द्रीय सदस्यले गठबन्धन गरेर स्थानीय चुनाव लड्नुपर्ने धारणा राखेको प्रवक्ता डा. महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ