१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

‘विप्लव’ नेकपाको निर्णय : न चुनाव उपयोग, न बहिस्कार



बुटवल । अन्ततः नेत्रबिक्रम चन्द ‘विप्लव’को स्थानीय चुनाव उपयोग गर्ने प्रस्ताव विफल भएको छ । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक लम्ब्याउँदै चुनावका पक्षमा केन्द्रीय नेताहरुको बहुमत पुर्याउन विप्लव र अकार् नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रयत्न गरेपनि बहुमत नपुग्ने देखिएपछि घुमाउरो पारामा चुनाव उपयोग गर्ने निर्णय गरिएको छ ।

नेकपाका एक नेताका अनुसार नेकपा सिधै पार्टीका नामबाट चुनावमा नगएपनि पार्टी निकट व्यक्तिहरुलाई स्वतन्त्ररुपमा निर्वाचनमा पठाउने छ भने कतिपय स्थानमा विचार मिल्ने अन्य दलका नेताहरुको पार्टीले समर्थन गर्ने छ । नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए ।

‘अव नेकपाले चुनाव बहिस्कार गर्ने छैन र पार्टीगत सहभागिता पनि जनाउने छैन,’ ती नेताले भने, -‘भ्रष्टाचरमा लिप्त नभएका, स्वच्छ र निश्कलंक व्यक्तिलाई पार्टीले समर्थन गर्ने छ ।’ उनले नेकपा सत्ताको विपक्षि भएपनि चुनावको विरोधी नभएको बताए ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : ३२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ