१० भदौ २०८३, बुधबार | August 26, 2026

गठबन्धन गरेरै चुनावमा जाउँ धेरै सिट जित्छौं : देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन आवश्यक रहेको जिकिर गरेका हुन् । देउवाले अघिल्लो चुनावमा आफु पनि बाल बाल चुनाव जितेको स्मरण गर्दै धेरै नेताहरु पराजित भएको बताए ।

देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

त्यसअघि बैठकमा शेखर कोइरालालगायतका केही नेताले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । उनीहरुलाई जवाफ फर्काउँदै देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् । देउवाले विगतमा आफु माथि नै गोली प्रहार गरेको समेत स्मरण गरे । तर विगतका कुरालाई सम्झिएर अहिले नहुने उनले जिकिर गरे । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

देउवाले अब आफु पार्टी सभापति नहुने बताउँदै मिलेर अघि बढ्न नेताहरुलाई आग्रह समेत गरे । ्

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ४२ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत