५ चैत्र २०८२, बिहिबार | March 20, 2026

रुकुमकोटमा दुई सातादेखि खानेपानीको समस्या



रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ मा खानेपानीको समस्या देखिएको छ । गर्मीयाम सुरु भएसँगै सिस्ने-५ मा खानेपानीको चरम समस्या देखिएको हो ।

सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको छ । हरेक वर्षको यसै समयमा सिस्ने-५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।

अहिले पनि दुई साताभन्दा बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक-आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका-५ टाकुराका विकास बिसीले गुनासो गरे । धारामा पानी नआउदा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताए ।

यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आएका विनोद केसीले पनि धारामा पानी नआउँदा समस्या भएको बताए । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताए। पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको उनको भनाइ छ ।

अहिले सिस्ने-५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए । उनका अनुसार अहिले सिस्ने-५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए ।

अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ । प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताए ।

सिस्ने-५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताए । केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकको भनाइ छ ।

समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उनले बताए । थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ३९ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको