९ पुस २०८२, बुधबार | December 24, 2025

इटहरीमा बम विष्फोट हुँदा २ जना घाइते, हिमाल सुरक्षा परिषद्को पर्चा फेला



काठमाडौं । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

बिष्फोटबाट आँखामा चोट लागेका थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य छ।उनीहरू डेरामा बस्दै आएका थिए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चासमेत बरामद गरेको छ । यो परिषद्ले गत फागुनदेखि संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, एमसीसी सम्झौता खारेजलगायतका माग राख्दै सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।

उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विस्फोट भने कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४३ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण