१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ग्रामीण वस्तीमा टेलिकमको सेवा विस्तार



बागलुङ । फाेन सेवाका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हटेकाे छ । कुश्मा नगरपालिका-१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरेर टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका हुन् ।

टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका-७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीमा कभरेज पुगेकाे हाे ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

टेलिकमले टुजीमार्फत भ्वाइस र थ्रिजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

भौगोलिक विकटता, उपकरण पुर्‍याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकमसँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका-१४ का वडा सदस्य इन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सहज भएको उनले बताए ।

टेलिकमले मोदी गाउँपालिका-३ लाङदी देउरालीमा पनि टावर निर्माण गरी सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोबाइल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाइससँगै उच्च गतिको अत्याधुनिक प्रविधिको फोरजीमार्फत् इन्टरनेट (मोबाइल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।

मोबाइल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका-३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नम्बर ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नम्बर ५ को बाजुङका झण्डै १२ सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका-३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४३ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री