१८ भदौ २०८३, बिहिबार | September 4, 2026

देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।

कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।

तर, ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन भन्दै आएका छन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ३२ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो