१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्छ : हरिबोल गजुरेल



काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । आगामी निर्वाचनमा गठबन्धनकै दलहरु भन्दै आएको प्रतिगमनकारी शक्तिलाई पराजित गर्ने निष्कर्षका आधारमा गठबन्धन बन्ने देखिएको छ । चुनावमा गठबन्धनको जोडबल गर्नेमध्येको एउटा पार्टी हो,– नेकपा (माओवादी केन्द्र) । यही पार्टीका नेता हरिबोल गजुरेलसँग गठबन्धन गर्नुपर्ने कारणमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ  :

राजनीतिक र सैद्धान्तिक धार नमिल्ने नेपाली कांग्रेससहितका दलहरूसँग निर्वाचनमा गठबन्धन गर्नुको अर्थ के हो ?

प्रतिगमनका खतराहरू टरेका छैनन् । कायमै छन् । खतरा कायम रहँदासम्म गठबन्धनको आवश्यकता रहिरहन्छ । कांग्रेस पनि प्रतिगमनविरुद्ध लडेको दल हो । र, प्रतिगमनलाई निर्वाचनबाट फेरि परास्त गर्न कांग्रेससहितका गठबन्धन बनेको हो ।

 

कमजोर भएपछि गठबन्धनको सहारा लिन माओवादी बाध्य भयो होइन ?

गलत । माओवादी कमजोर भयो र गठबन्धन गर्‍यो भन्दै हिँड्यो भने त्यो पूरै गलत हुन्छ । त्यस्तो कसैले सोच्नु हुँदैन । माओवादी कमजोर भएका कारणले भन्दा पनि अहिलेको आवश्यकता र औचित्यको आधारमा भएको हो । फेरि, गठबन्धन प्रतिगमनको विपक्षमा एउटै मोर्चामा उभिएको हो । सडक संघर्ष गरेको हो ।

यस्तो राजनीतिक पृष्ठभूमिबीच हामी (माओवादी) के प्रतिगमनको पक्षधरसँग गएर मिल्ने त ? नैतिकताले दिन्छ ? सिद्धान्तले दिन्छ ? कम्युनिस्टको नाममा देशलाई प्रतिगमनमा लैजाने शक्तिसँग कसरी हुन्छ हाम्रो गठबन्धन ?

 

तर, माओवादी कमजोर भएका कारण गठबन्धन चाहेको भन्ने कुरालाई स्वीकार्नु हुन्छ ?

निर्वाचन परिणामको आधारमा त २०६४ सालको निर्वाचनपछि कमजोर भएकै हो । त्यो त सबैले देखिराखेकै हो । बुझेकै हो । तर, के एजेण्डाको आधारमा माओवादी कमजोर हो त ? कमजोर भन्न मिल्छ ?

 

उसो भए जनमतको आधारमा माओवादी कमजोर हुँदै जानुको कारण के हो ? तपाईंको विश्लेषण के छ ?

अध्यक्ष प्रचण्डले प्रष्टसँग पार्टीको महाधिवेशनमा भनिसक्नु भएको छ त – वैचारिक अस्पष्टता भयो । अर्थात् विचारको विकास भएन । कटुवाल प्रकरणजस्ता घटना घटे । यस्ता घटनाले माओवादीलाई ठूलो क्षति पु¥यायो । र, कहिले मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ त कहिले नेत्रविक्रम चन्द ‘विप्लव’को दबाब र प्रभावमा परेर आफूलाई लागेको भन्दा फरक निर्णय गर्दा पार्टी यो अवस्थामा आइपुग्यो भनिसक्नु भएको छ । अब म सच्चिने र तपाईंहरू पनि सच्चिनुपर्छ भन्नु भएको छ ।

 

अर्को प्रसङ्ग, गठबन्धन जाने चाहिँ कहाँसम्म हो ?

कहाँसम्म भन्ने भन्दा पनि पहिले बुझ्नुपर्ने कुरा के हो भने यो गठबन्धन विशिष्ट उद्देश्यका लागि बनेको हो । हामीले जनतालाई पनि बुझाउनुपर्ने छ । कार्यकर्तालाई पनि बुझाउनुपर्ने छ । किनभने प्रतिगमनविरोधी गतिविधिको रूपमा दुई चोटी संसद् भंग भयो । त्यो देखिरहेका छौँ । पुनर्स्थापित संसद् पनि ६ महिना बढी समयदेखि अवरुद्ध छ । यसले गर्दा एमालेलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यले गठबन्धन भएको हो । यो उद्देश्य पूरा नहुँदासम्म गठबन्धन कायम रहन्छ ।

अर्को कुरा गठबन्धन आवश्यक भइसक्यो । सामान्य स्थितिमा पनि गठबन्धन नभइ स्थिर सरकार नबन्ने भयो । त्यही भएर निर्वाचनमा पनि गठबन्धन गर्ने अवस्थामा पुगेका हौँ । गठबन्धन गरेर निर्वाचन लडेपछि नजिता पनि राम्रै हात पार्न सकिन्छ । अलग अलग भएर निर्वाचन लड्दा त्यस्तो नहुन सक्छ । र, फेरि ६र६ महिनामा सरकार ढाल्ने खेल हुन्छ । त्यसकारणले पनि गठबन्धन आवश्यक छ । गठबन्धन प्रदेश र संघीय निर्वाचनपछिसम्म जान सक्छ ।

 

कांग्रेसले त स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गर्‍यो । गठबन्धनको ‘मोडालिटी’बारे माओवादीको धारणा के हो ?

होइन, गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनैपर्छ नि । सबै ठाउँमा एकै रूपले गठबन्धन कहाँ हुन्छ ? हुँदैन । त्यही भएर हामी (माओवादी) स्थानीय आवश्यकताअनुसार नै गठबन्धन गर्नुपर्ने पक्षमा हो ।

-न्यूज कारखाना

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : १९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको