६ पुस २०८२, आइतबार | December 21, 2025

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।

पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ । तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् ।

बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो ।

आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : २२ बजे

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान