९ पुस २०८२, बुधबार | December 25, 2025

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते



सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २५ वर्षीय भारतीय नागरीक अजित यादवको अवस्था गम्भीर रहेको छ ।

६ जना सवार भारतीय नम्बरको कार गएराती पौने १० बजे अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना