१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

महिला उप-प्रमुखहरू भन्छन्:- पाँच वर्ष उप चलायौँ, अब प्रमुखनै बन्ने हो



सिन्धुपाल्चोक । आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेकाे छ ।

चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेकाे छ । यही क्रममा यसअघि उप-प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन् । संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेकाे छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली र बाह्रबिसे नगरपालिकाका उपमेयर शुशीला पाख्रिनले अबकाे निर्वाचनमा मेयरनै दावी गर्ने घाेषणा गरिसकेका छन् ।

चौतारा साँगाचोकगढीकी उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताइन । मैले मेयरमा दाबी गर्नु स्वाभाविक हो । ‘मैले आफ्नो क्षमता देखाएकी छु,’ उपमेयर पराजुलीले न्युज कारखानासँग भनिन्, ‘पाँच वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै संघर्ष गरेको छु, धेरै अनुभव बटुलेकी छु, संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीअनुसार निभाउनु पर्ने भूमिका निभाएकी छु, दिनरात नगरको सेवामा खटेर काम गरेकी छु । त्यसैले म मेयर हुन सक्षम छु र मेरो पनि मेयरमा दाव हुनेछ । ’

सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये कम्तिमा चार वटामा प्रमुख र एक सय तीन वडामा २५-३० प्रतिशतमा अध्यक्षको पदमा महिलालाई उम्मेदवार बनाईनु पर्ने उनकाे भनाइ छ ।

बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीन पनि मेयरमा उम्मेदवारी दिने सोचमा छिन् । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको उनकाे भनाइ छ । ‘बाँकी काम प्रमुख भएर पूरा गर्नुछ,’ उनले भनिन् ।

अबको निर्वाचनमा पनि महिलालाई उपमेयरमा मात्रै सीमित गर्नुनहुने उनले बताइन् । उनी भन्छिन्, ‘उपमेयरको पाँच वर्षे अनुभवनै आगामी चुनावमा मेयर दावी गर्ने आधार हो ।’

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ५६ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन