१६ श्रावण २०८३, शनिबार | August 2, 2026

चार करोड २१ लाख हिनामिना गर्ने लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेको अन्यमा लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई र लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ रहेका छन् ।

विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका-५ (साविक नागदह गाविस १-५) का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका-५ (साविक नागदह गाविस ६-९) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका-४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवार विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरुले मिलेमतोमा गैरकानुनी लाभ पु¥याउने र सरकारी रकममा हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले ४ करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

बिहीबार दाबी गरिएको मुद्दामा लिुख तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद चौलागाईसँग ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ४ : ४२ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा