९ पुस २०८२, बुधबार | December 25, 2025

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका-१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको पुष्पबाटिका एकेडेमीको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ११ बजे ठोक्किएका थिए ।

दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ०२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना