१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

लालपुर्जा वितरण कानुन विपरीत : एमाले रुपन्देही



भैरहवा । नेपाली कांग्रेसकाले सरकारी कागजात वितरण गर्नु कानुन विपरीत भएको भन्दै एमाले रुपन्देहीले आपत्ति जनाएको छ ।

ओमसतिया गाउँपालिका(२ करबलामा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणबाट सरकारी कागजात वितरण हुनु कानुन विपरीत भएकोले एमाले रुपन्देहीले आपत्ति जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैर कानुनी तरिकाले लालपुर्जा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी ओहोदामा बसेको वा जनप्रतिनिधि वा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले मात्र वितरण गर्न पाउने उक्त सरकारी कागजात राजनीतिक पार्टीका नेतालाई प्रयोग गरेर वितरण गरिएको प्रति एमालेको आपत्ति छ ।

‘एमालेले रामकृष्ण खाण नेपाली कांग्रेसको सभापति बाहेक वर्तमान कुनै सार्वजनिक पद धारण गरेको व्यक्ती पनि होइन । उहाँ कुनै बेलाको जनप्रतिनिधि पनि होइन । सरकारी कार्यालयको कर्मचारी पनि होइन । वहाले कसरी भूमिहीनका लालपुर्जा लगेर वितरण गर्नु भयो यो गम्भीर विषय हो,’ एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले भने ।

लालपुर्जा विहीनले लालपुर्जा पाउनु पर्ने उनले बताए । ‘निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले सरकारी कार्यालयको मिलेमतोमा यो काम भएको छ । यसप्रति एमालेको गम्भीर आपत्ति रहेको छ,’ उनले भने ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बुधबार ओम सतिया गाउँपालिका(२ करबलाका २४ घरधुरी लालपुर्जा विहीनलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा [लाल पुर्जा] वितरण गरेका थिए ।

नापी कार्यालय रुपन्देहीका प्रमुख कृष्णप्रसाद सापकोटाले लालपुर्जा वितरणको विषय आफूले पनि सुनेको तर वास्तविक कुरा के हो भन्ने बुझ्न बाँकी रहेको बताए ।

ओमसतिया गाउँपालिका(२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतिलाई प्रमुख अतिथिको रूपमा निम्त्याएर वितरण गरेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १० : ४७ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या